logo-img

सहकारी कानुन र इमान विपरीत छन् भन्ने अध्ययनले देखायो : सूर्यबहादुर थापा

सहकारी संस्था बचत तथा रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१ प्रतिनिधि सभामा पेस भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा समिति सभापति सूर्यबहादुर थापाले प्रतिवेदन पेस गरेका हुन । 

प्रतिवेदन पेसपछि बैठकमा बोल्दै उनले अनुसन्धानबाट सहकारी विपरीत, कानुन विपरीत र इमान विपरीत कार्य भइरहेको खुलेको बताए । यस स्थितिको अन्त्य गरी सहकारी क्षेत्रलाई आम जनताको बीचमा विश्वसनीयता पुन जागरित गरेर अघि बढाउन कोसिस आफूहरूले गरेको उनको भनाई छ । 

उनले भने,‘मान्छेका खाता, कार्य प्रणाली फेक छन् । सहकारी होइन । सहकारी विपरीतका क्रियाकलाप भइरहेका छन् । कानुन विपरीत र इमान विपरीत कार्य भइरहेका छन् । यस स्थितिको अन्त्य गरी सहकारी क्षेत्रलाई आम जनताको बीचमा विश्वसनीयता पुन जागरित गरेर अघि बढाउन कोसिस गरेका छौँ र समस्या समाधानको बाटो पहिल्याउँदै अविश्वासको अँध्यारो छिचोलेर विश्वासको दियो बाल्ने हामीले हिम्मत गरेका छौँ ।’
 





  • प्रकाशित मिति : भदौ ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया