चितवनमा बिहानै अन्धकार ! विद्यालयहरु बन्द

चितवन– विहानै मौसम बिग्रिएपछि चितवनका विद्यालयहरु बन्द गरिएको छ । हुरीबतास र भारी वर्षा हुने सम्भावना देखिएकाले चितवनका स्कुलहरु बन्द गर्न प्याब्सनले जनाएको हो । प्याब्सनको निर्देशनसँगै चितवनका अधिकांश विद्यालय बन्द भएका छन् । 

चितवनमा आज विहानै देखि हावाहुरी चल्दै भारी वर्षा भएको थियो । चितवन र आसपासका क्षेत्रमा हुरीबतासको सम्भावना रहेकाले सतर्क रहन मौसमविद्हरुले आग्रह गरेका पनि छन् । चितवन प्याब्सनले हुरीबतास आउन सक्ने र भारी वर्षाका हुनसक्ने सम्भावित दुर्घटनालाई ध्यानमा दिँदै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको जनाएको छ । 

तस्वीर: केदार दवाडी

उता, नवलपुरमा पनि हावाहुरी र भारी वर्षाका कारण त्यहाँका विद्यालयहरु बन्द गरिएका छन् ।

मौसम पूर्वानुमान शाखाले नेपालको पूर्वी तथा मध्य क्षेत्रमा आज र भोलि (शनिबार) मौसम प्रभावित हुने अनुमान गरेको छ । हिमाली भूभागमा पनि मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको र पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहने हुँदा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 



 



  • प्रकाशित मिति : बैशाख २०, २०७६ शुक्रबार ११:२८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया