एक्सरसाइज गरेर सक्नुभएन, अब सर्जरी गर्नुस् सिक्स प्याक बनाउनुहोस्

एजेन्सी– दुनियाँले सबै क्षेत्रमा यति छिटो विकास गरिसकेको छ कि असम्भव भन्ने कुरा अब केही रहेन । मान्छेलाई तन्नेरी राख्द इन्जेक्सनहरु सुरुवात भइसकेका छन्, सुन्दर बनाउन कस्मेटिक सर्जरीको साहरा लिने धेरै भइसकेका छन् । 

अब त झन् विज्ञानको दुनियाँमा विश्वास नै गर्न नसकिने केही चमात्कार भएका छन् । जस्तो कि अब सिक्स प्याक एब्स बनाउन चाहनेले पनि सर्जरी गरेर सफलता पाउन सक्ने छन् । यस्तो सर्जरी थाइल्यान्डमा सुरु भएको हो । थाइल्याडको एउटा अस्पतालले केही पनि नराखी शरिरको स्वरुप परिवर्तन गरिदिन सक्छ । त्यो पनि केही घन्टामा । 

बैंकको मास्टरपिस नाम गरेको यो अस्पतालले एब्डोमिनल इचिङ नामको सर्जरी सेवा सुरु गरेको हो, जसले मानिसको सिक्स प्याक बनाउने सपना केही समयमा नै पूरा गरिदिन्छ ।

‘यो एब्सलाई केन्द्रमा राखेर गरिने सर्जरी हो,’ अस्पतालका सिइओ रवेवता सायले भनेका छन्, ‘हामीले यस्तो सर्जरी चार वर्षदेखि गर्दै आएका छौँ ।’ सामाजिक सन्जालमा पनि अब यो अस्पतालले गर्ने तस्वीरहरु भाइरल भएका छन् । कतिले त यसलाई हानिकारक हुन्छ होला भन्ने आशंका पनि राखेका छन् ।

तर, अस्पताल र यो सर्जरी गर्ने चिकित्सकहरु यो हानिकारक नहुने र पीडादायी पनि नहुने बताएका छन् । पेटका मांशपेशी राम्रोसँग विकास भएको खण्डमा यो सर्जरी गर्न सकिने चिकित्सकहरुले जनाएका छन् ।





  • प्रकाशित मिति : बैशाख २०, २०७६ शुक्रबार १२:४१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया