काठमाडौं– कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले दमकको मेयरको जस्तै व्यवहार देखाएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्रीले आफ्नो चुनाव क्षेत्रमा मात्रै बजेट पार्नका लागि रष्ट्रिय योजना आयोगलाई योजनाहरुको सूची थमाएकोमा प्रमुख विपक्षी नेपाली कांग्रेसका तर्फबाट प्रवक्ता शर्माले आपत्ति जनाएका हुन् ।
देशको प्रधानमन्त्री भएर पनि ओलीले १६५ निर्वाचन क्षेत्र र झापाका अन्य क्षेत्रको बेवास्ता गर्दै आफ्नो क्षेत्रका लागि मात्रै आयोजनाको सूची थमाएको शर्माको दाबी छ ।
प्रधानमन्त्रीले प्रधानमन्त्री कार्यालयकै लेटरप्याड प्रयोग गरेर आयोजनाको सूची थमाएको र त्यसरी लेटरप्याडमै पठाएपछि आयोगको कुनै सदस्यले काट्ने हिम्मत नगर्ने शर्माको टिप्पणी थियो ।
प्रधानमन्त्रीले आफ्नै क्षेत्रमा संसारकै अग्लो बुद्धको मूर्ति बनाउन लागेको भन्दै शर्माले प्रश्न गरे, ‘झापाकै काँकडभिट्टामा राखेको भए के बिग्रन्थ्यो ? दमक नगरपालिकामा मात्रै ५ हजार सुकुम्बासी रहेको तर उनीहरुलाई थोरै जमिन र छानो दिने योजना प्रधानमन्त्रीको प्राथमिकतामा नपरेको शर्माको आरोप छ ।
सुकुम्बासीले देख्नेगरी दमकमा भ्यु टावर बनाउन लागिएको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘के त्यो टावरबाट सुकुम्बासीको करङ गन्ने ?
प्रधानमन्त्रीले रष्ट्रिय योजना आयोगलाई पठाएकाे पत्र :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।