काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता वृद्धिको घोषणा गरिएको छ ।
यसअघि बजेट निर्माणको क्रम सुरु भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत वृद्धभत्ता बढ्ने बताएका थिए । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले त तोकेरै वृद्धभत्ता ५ हजार पुर्याउने दाबी गरेका थिए ।
नीति तथा कार्यक्रममा वृद्धभत्ता बढ्ने बताइए पनि कति बढ्ने भनेर खुलाइएको छैन । अर्थ मन्त्रालय स्रोतले भने एक हजार रुपैयाँसम्म बढ्न सक्ने दाबी गरेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।