चार्टर गरिएको बोइङ नदीमा पस्यो

एजेन्सी– एउटा बोइङ ७३७ फ्लोरिडाको नदीमा अवतरण गर्न पुगेको छ । क्युबाको ग्वाटानामोबाट उडान भरेको बोइङ अवतरणका क्रममा सेन्ट जोन्स नदीमा पुगेको हो । 

‘विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित छन् भन्ने जानकारी पाएको छु,’ ज्याक्सनभिलाका मेयर लेनी करीले ट्विट गरेका छन् । विमानमा १ सय ३६ जना सवार रहेकाे बताइएकाे छ । विमान नदीमा आधा डुबेको थियो । अहिले पनि उद्धार कार्य जारी छ । 

अवतरणको क्रममा विमान रनवे बाट चिप्लिएर नदीमा पुगेका थियो । 

यसबारे थप समाचार आउन बाँकी छ ।
 





  • प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार १०:५१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया