टाइगर उड्सलाई अमेरिकाकाे सर्वोच्च नागरिक सम्मान

वासिंगटन– गल्फ स्टार टाइगर उड्सलाई अमेरिकाले सर्वोच्च नागरिक सम्मान ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’ प्रदान गर्दै छ । ६ मेमा राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा उनलाई सम्मान गर्नेछन् । 

यो अवार्ड पाउने उड्स चौथो गल्फर हुन् । यसअघि ज्याक निकोलस, अर्नाल्ड पाल्मर र चार्ली सिफर्डले ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’ पाएका छन् । सन् १९६३ मा तत्कालीन राष्ट्रपति जोन एफ केनेडीले यो सम्मानको सुरुआत गरेका थिए । 

रिपोर्टअनुसार, गल्फमा शानदार योगदानका लागि उड्सलाई यो सम्मान दिन लागिएको हो । ४३ वर्षे उड्सले गत महिना अगस्टा मास्टर्स उपाधि जितेका थिए । त्यो उनको पाँचौँ अगस्टा मास्टर्स उपाधि थियो, जुन उनले १० वर्षको अन्तरालपछि हात पारेका थिए । 

वैवाहिक सम्बन्धको खटपट, शारीरिक चोट र अदालती झमेलाका कारण लामो समय खेलमा सक्रिय रहन नसकेका उड्सको पछिल्लो मास्टर्स विजयलाई खेल इतिहासकै उत्कृष्ट ‘कमब्याक’ भन्दै विश्वभर चर्चा गरिएको थियो । 





  • प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार ११:३४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया