राष्ट्रपतिलाई विवादमा तानेर लोकतन्त्रको उपहास गर्न खोजियाे : प्रधानमन्त्रीे

काठमाडौं– सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ भनेको विषय विषयमा सवैत्र आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रिया दिएका छन् । शनिबार बिहान बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको भेटमा प्रधानमन्त्रीले  अन्तर्राष्ट्रिय अभ्यासलाई सबैले बुझ्नुपर्ने बताए । 

राष्ट्रपतिले मेरो सरकार भनेको विषयमा स्पष्ट पार्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई विवादमा तानेर लोकतन्त्रको उपहास गर्न खोजिएको आरोप लगाए । संसदबाट निर्वाचित राष्ट्रपतिले मेरो सरकार भन्ने हैसियत राख्ने दाबी गरे ।

‘कसको सरकार भन्ने त राष्ट्रपतिले ? कि निबन्ध पढ्ने ? उनले प्रश्न गरे, ‘सरकारको नीति कार्यक्रमभन्दा के फलानाको सरकार भनेर भन्ने ?’ अत्यन्तै सामान्य अन्तर्राष्ट्रिय अभ्यासको विरोध गर्नु आफैँले स्थापना गरेको प्रणालीको उपहास गरेको ठहरिने उनको दाबी थियो । 
 





  • प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार १५:०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया