एजेन्सी– इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल)अन्तर्गत शनिबारको खेलमा पनि सन्दीप लामिछानेले नखेल्ने भएका छन् । शनिबार दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने दिल्ली क्यापिटल्समा आबद्ध छन् । दिल्लीले उनलाई शनिबारको खेलमा पनि बेन्चमा नै राखेको छ ।
दिल्लीले टस हारेर बलिङ गर्ने भएको छ । यसअघिको खेलमा पनि दिल्लीले सुरुमा सन्दीप लामिछानेको नाम समावेश गरेर प्लेइङ सेटको घोषणा गरे पनि अन्तिम समयमा उनलाई टिम बाहिर राखेको थियो ।
शीर्ष दुईमा स्थान बनाउने लक्ष्यसहित मैदान उत्रको दिल्ली आजको खेलमा जित निकाल्ने लक्ष्यमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।