विप्लव समूह छिटो शान्ति प्रक्रियामा नआए समाप्त हुन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानान्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव समूह शान्ति प्रक्रियामा नआए उसको अस्तित्व नै समाप्त हुने बताएका छन् । 

शनिबार नेकपा संसदीय दलको बैठकमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सरकाले पृथकतवादको अन्त्य गरेसँगै विप्लव समूहको नाममा हुने क्रियाकलाप नियन्त्रणमा आएको बताए । हतियार बुझाएर हिंसा नत्यागे विप्लव समूह नै समाप्त हुने प्रधानमन्त्रीको चेतावनी थियो । 

‘पृथकतावाद अन्त्य गर्‍यौँ र विप्लव समूहको नाममा मच्चाइएको त्रासलाई पनि नियन्त्रण गर्छौं । उनीहरुले हिंसाको बाटो छोड्नु, हतियार बुझाउनु र सकेसम्म छिटो शान्ति प्रक्रियामा आउनु हितकर हुनेछ,’ उनले भने, ंत्यसो नगरे असहज अवस्थाबाट अप्ठ्यारो ढंगले समाप्त हुने अवस्थामा पुग्छन् ।’

सांसदहरुले संसदीय दलको बैठकमा नेताहरुले आफूहरुको पनि कुरा सुन्नुपर्ने भन्दै सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत तथ्यांक र ‘मेरो सरकार’ प्रयोगको सैद्धान्तिक आधार स्पष्ट पार्न माग गरेका थिए । 

त्यसको जवाफमा प्रधानमन्त्रीले मेरो सरकार अन्तराष्ट्रिय अभ्यास भएकाले यसबारे बहस गर्नु आवश्यक नभएको तर्क गरे । उनले सांसदहरुलाई राष्ट्रपतिका काम कर्तव्य र अधिकारबारे विस्तारमा बताए । 





  • प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार १८:८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया