चुनाव हार्दै भएकाले मोदीले पत्रकार सम्मेलन पनि गर्न सक्दैनन्ः राहुल

एजेन्सी– पछिल्लो समय भारतमा लोकसभा निर्वाचन सुरु भएपछि भारतीय दलहरुका नेताले एकअर्कालाई घोचपेच गर्न छाडेका छैनन् । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र भारतीय कांग्रेसबीच त घोचपेच झन्झन् बढेको छ । यहीबीच कांग्रेस अध्यक्ष राहुल गान्धीले दिल्लीमा पत्रकार सम्मेलन गर्दै यो लोकसभामा भारतीय जनता पार्टी हार्ने निश्चित भइसकेको बताएका छन् । 

यतिमात्र होइन, राहुलले भाजपा हार्ने भएकाले नरेन्द्र मोदीले पत्रकार सम्मेलनसमेत गर्न नसकेको बताएका छन् । उनले नरेन्द्र मोदी र भाजपालाई कांग्रेसले ध्वस्त बनाइसकेको टिप्पणी गरेका छन् । पाँच वर्षे प्रधानमन्त्री कार्यकालमा समेत पत्रकार सम्मेलन नगरेको उल्लेख गर्दै राहुलले भनेका छन्, ‘मोदी त मिडिया सामु खडा हुन पनि सक्दैनन् ।’

राहुलले यस्तो आरोप लगाएपछि भाजपाका लागि मोदीले नै पत्रकार सम्मेलन त गरेनन् तर भाजपा नेता जिविएल नरसिंहा रावले पत्रकार सम्मेलन गरेर राहुलले पराजय हुने निश्चितताका कारण हताश भएर यस्तो अभिव्यक्ति दिएको बताए । 

यो लोकसभा निर्वाचनको चार चरण निर्वाचन सकिइसकेको छ । अब तीन चरण बाँकी छ । 





  • प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार २०:३६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया