सत्तारुढ दलकै सांसद अग्नि सापकोटाले भने– देशको माया कसैले गर्दैन, सरकार निरीह र लाचार

काठमाडौं– सत्तारुढ दलहै सांसद् अग्नि सापकोटाले सरकारको कडा शब्दमा आलोचना गरेका छन् । संसदमा नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले देशमा भ्रष्टाचार बढिरहेको पनि बताए । 

‘भ्रष्टाचार कहाँ छ भनेर कसैले नसोध्नुहोस्, कहाँ छैन भ्रष्टाचार ?’ उनले भने, ‘सरकार यति कमजोर छ, यति लाचार छ । नेपालमा चाहिँ मिलाएर जति खाए पनि हुने तर श्रम गर्नेहरुलाई चाहिँ केही पनि रहेनछ ।’

उनले बालुवाटार, खुलामन्च, जनकपुरलगायत जताततै भ्रष्टाचार भएको पनि दाबी गरे । होटल हायातले प्रयोग गरेको सरकारी जग्गाबारे छानबिन गर्दा आफूले डरलाग्दो अवस्था देखेको उनले बताए । उनले यो देशको माया नगर्ने कोही नभएको पनि बताए ।

सांसद् सापकोटाले देशमा शक्तिशाली आयोग गठन गर्नु पनेमा पनि जोड दिए । ‘पहिला सरकारले सबै सरकारी जग्गा आफ्नो नाममा फिर्ता ल्याओस्,’ उनले भने, ‘भूमाफियाप्रति कठोर नहुने हो भने नियतिले आफ्नो बाटो लिन्छ, समयले कसैलाई पर्खँदैन ।’

सापकाेटाले नीति तथा कार्यक्रम सही भए पनि यसकाे कार्यान्वयन हुनेमा आशङ्का बाँकी नै रहेकाे पनि बताए । 





  • प्रकाशित मिति : बैशाख २२, २०७६ आइतबार १३:३६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया