काँग्रेस र कम्युनिस्टको विकल्प समाजवादी पार्टीः डा.भट्टराई

काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले काँग्रेस र कम्युनिस्टबाट समाजवादको नेतृत्व सम्भव नभएको बताएका छन् । रातो झिल्को चौमासिक पत्रिकाद्वारा प्रकाशित कार्ल माक्र्स द्विशतवार्षिकी विशेषाङ्कको आइतबार राजधानीमा विमोचन गर्दे डा.भट्टराईले काँग्रेस र कम्युनिस्टको विकल्प समाजवादी पार्टी भएको बताएका हुन् । 

काँग्रेस र कम्युनिस्टबाट समाजबाट नेतृत्व असम्भव रहेकाले त्यसको नेतृत्व आफूहरूले गर्ने उनको भनाई छ । ‘काँग्रेस र कम्युनिस्टबाट समाजवादको नेतृत्व सम्भव छैन । त्यसको नेतृत्व हामीले गरेर अगाडि बढ्नुपर्छ’ डा.भट्टराईले भने ।उनले माक्र्सको बनिबनाउ सूत्र भन्दा पनि मार्सियल पद्धतिलाई अगाडि बढाउनुपर्ने बताए । 

नेपाली काँग्रेसका वरिष्ठ नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिले माक्र्सवादको बाटो छाडेर ढुलमुल भएको होकी भन्ने भनाईको उत्तर दिंदै डा.भट्टराईले माक्र्सवाद आफूले छाडेको नभई माक्सको २१ औं शताब्दी सुहाउँदो दर्शन अँगालेको स्पष्ट पारे । उनले भने, ‘हामीले २१ औं शताब्दी सुहाउँदो समाजवादलाई अबलम्बल गरेका छौं ।’ 

फरक प्रसङ्गमा डा.भट्टराईले नेपाली काँग्रेस पूँजीवादी नभएको पनि बताएका छन् । उनले भने, हामीले काँग्रेसलाई पूँजीवादी भन्दै आएका थियौं । वास्तवमा काँग्रेस पूँजीवादी थिएन ।’ उनले अब नियन्त्रित खालको पूँजीवादलाई अबलम्व गरेर अगाडि बढ्नुपर्ने बताए ।  

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि टिप्पणी गर्दै डा.भट्टराईले उक्त पार्टी कम्युनिस्ट नभई व्यवहारमा कमाउनिस्ट भएको बताए । उनले भने, ‘ना कम्युनिस्ट पार्टी छ । तर ब्यहारले कमाउनिस्ट पार्टी भएको छ ।’  

सरकारको नीति तथा कार्यक्रमलाई पूर्व अर्थमन्त्री समेत रहेका भट्टराईले जनतालाई भ्रम छरेको बताए । 'नीति तथा कार्यक्रमको खोक्रो मात्र छ', गुदी छैन, भट्टराईले भने । 



राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा २१ पटक ‘मेरो सरकार’ भनिन् भनेर सर्वत्र आलोचना भइरहँदा डा.भट्टराईले ‘मेरो सरकार’ नभरी नेपाल सरकार भन्नुपर्ने बताए । ‘मेरो सरकार नभनी नेपाल सरकार भन्नुपथ्र्यों’ डा. भट्टराईले भने । 

उक्त विशेषाङ्कको डा.बाबुराम भट्टराई, प्रदीप गिरि, लेखक तथा विश्लेषक उज्ज्वल प्रसाईं र लेखक धनकुमारी सुवेदीले संयुक्त रूपमा विमोचन गरे । उनीहरू कालमाक्र्सको पक्ष विपक्षमा बोलेका थिए । 



कार्लमाक्सको जन्मजयन्तीका अवसरमा उक्त विशेषाङ्क निकालिएको आयोजकले जनाएको छ । विशेषाङ्कमा डा.बाबुराम भट्टराई, शुमाङ्ग पाण्डे, खगेन्द्र संगौला, भलक सुवेदी र आदित्य अधिकारीको लेख रहेको छ । लेखकहरूले कार्यक्रममा २१ औं शताब्दीमा कार्लमाक्र्सको आवश्यकता र औचित्यमाथि प्रकाश पारेका छन् ।   

 

  • प्रकाशित मिति : बैशाख २२, २०७६ आइतबार १६:३९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया