logo-img

हङकङ क्रिकेट सिक्सेस : सन्दीपको कप्तानीमा टिम घोषणा, प्रशिक्षकमा ज्ञानेन्द्र

द हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताका लागि नेपालको टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सन्दीप जोराको कप्तानीमा सात सदस्यीय टिम घोषणा गरेको हो ।  

टोलीमा उनीसहित लोकेश बम, प्रतिश जिसी, राशिद खान, विवेकुमार यादव, नारायण जाेशी र दीपेन्द्र रावतले मौका पाएका छन् । प्रमुख खेलाडी हाल अमेरिकामा रहेकाले क्यानले ‘ए’ टिमका सदस्यलाई हङकङ पठाउन लागेको हो । 

यस्तै, क्यानले टिमको प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ । ज्ञानेन्द्रले यसअघि नेपाल ‘ए’ टिमको प्रशिक्षकको जिम्मेवारी पनि सम्हालिसकेका छन् । 

हङकङ क्रिकेट सिक्सेसमा नेपालले १ नोभेम्बरमा इंग्ल्याण्ड तथा २ नोभेम्बरमा अस्ट्रेलियासँग खेल्ने तालिका छ । नेपालले यस प्रतियोगितामा पहिलोपटक सहभागिता जनाउन लागेको हो ।  



हङकङ क्रिकेट सिक्सेस कस्तो प्रतियोगिता ?  

यो प्रतियोगितामा हासिल गरेका उपलब्धिले अन्तर्राष्ट्रिय मान्यता पाउने छैनन् । यो प्रतियोगितामा एउटा टिमले एक खेलमा समान ५ ओभर बलिङ/ब्याटिङ गर्न पाउँछ । यस्तै, यस प्रतियोगितामा एक खेलाडीले एक ओभर मात्र बलिङ गर्न पाउने नियम छ ।



प्रतियोगिताको फाइनलमा भने ८ बलको एक ओभर हुनेछ । एक टोलीमा ६ खेलाडी राख्न पाउने व्यवस्था छ । ब्याटर ३१ रन बनाएपछि रिटायर्ड हर्ट हुनुपर्ने छ । तर, आवश्यकता परे उनी पुनः ब्याटिङका लागि आउन सक्छन् । 

यस्तै, प्रत्येक वाइड र नो बलमा विपक्षीलाई दुई रन प्रदान गरिनुका साथै थप एक बल दिइनेछ ।  



  • प्रकाशित मिति : कात्तिक ६, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया