उडिरहेको रुसी विमानमा आगलागी, कम्तिमा १३ को मृत्यु

एजेन्सी– रुसको एक विमानले उडानको समयमा आगलागी भएपछि मस्कोमा आपतकालिन अवतरण गरेको छ । सामाजिक सन्जालमा राखिएका भिडियोमा विमानमा सवार यात्रीहरुले आपतकालिन द्वारको प्रयोग गरेर बाहिर निस्कँदै गरेको देख्न सकिन्छ । एरोफ्लोट विमान रुसको अनौपचारिक राष्ट्रिय उडान कम्पनी भएको पनि रिपोर्टहरुमा उल्लेख गरिएको छ ।

समाचार एजेन्सी तास न्युजका अनुसार कम्तिमा पनि एक जनाको मृत्यु भएको छ । तर, सिएनएनले घटनामा १३ जनाको मृत्यु भएको लेखेको छ । यसबारे एयरलाइन्स तथा मस्को विमानस्थलका अधिकारीले आधिकारिक केही बताएका छैनन् । विमानमा ७८ जना यात्रु सवार रहेको बताइएको छ । तीमध्ये केही घाइते भएको पनि अनुमान गरिएको छ ।

विमानमा आगलागीको कारण खुल्न सकेको छैन । मुर्मान्स्कका लागि उडान भरेको यो विमानको पहिलो आपतकालीन अवतरण भने असफल भएको थियो । विमानले उडान भरेको ३० मिनेटमा आपतकालीन अवतरणको प्रयास गरेको थियो । 

यो घटनाको छानबिन गर्न एक समिति बनिसकेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।






  • प्रकाशित मिति : बैशाख २३, २०७६ साेमबार ०:११:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया