एजेन्सी– रुसमा आइतबार भएको विमानमा आगलागीमा कम्तिमा पनि ४१ जनाको मृत्यु भएको रुसी अधिकारीहरुले जनाएका छन् । यसअघि घटनामा १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमका रिपोर्टहरुमा उल्लेख थियो । मृत्यु हुनेमा दुई बालबालिका रहेको जनाइएको छ ।
विमानमा ७३ जना यात्रु सवार थिए । विमानका यात्रुमध्ये ३७ जनाको सकुशल उद्धार भएको छ । पाँच जना गम्भीर भएको र अस्पतालमा उपचार गराइरहेको अधिकारीहरुले जनाएका छन् । विमानमा चालक दलका पाँच सदस्य रहेको बताइएको छ ।
विमान दुर्घटनाबारे छानबिन गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले निर्देशन दिएका छन् ।
विमानले उडानको समयमा आगलागी भएपछि मस्कोमा आपतकालिन अवतरण गरेको थियाे । सामाजिक सन्जालमा राखिएका भिडियोमा विमानमा सवार यात्रीहरुले आपतकालिन द्वारको प्रयोग गरेर बाहिर निस्कँदै गरेको देख्न सकिन्छ । एरोफ्लोट विमान रुसको अनौपचारिक राष्ट्रिय उडान कम्पनी भएको पनि रिपोर्टहरुमा उल्लेख गरिएको छ ।
विमानमा आगलागीको कारण खुल्न सकेको छैन । मुर्मान्स्कका लागि उडान भरेको यो विमानको पहिलो आपतकालीन अवतरण भने असफल भएको थियो । विमानले उडान भरेको ३० मिनेटमा आपतकालीन अवतरणको प्रयास गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।