भृकुटीमण्डपमा लाग्ने नेपाली जुत्ता–चप्पल ‘सेल–मेला’ सधैंको लागि बन्द

काठमाडौं- काठमाडौंको भृकुटीमण्डपस्थित सानो चौरमा अब्यवस्थित रूपमा सञ्चालन हुँदै आएको नेपाली जुत्ता चप्पल तथा फुटवेयर वस्तुहरूको ‘सेल–मेला’ सधैंका लागि बन्द हुने भएको छ ।

आइतवार रिपोर्टर्स क्लब नेपालमा स्वदेशी ‘जुत्ता–चप्पल’ उद्योगीहरूले गरेको पत्रकार सम्मेलनमा उत्पादन भएका जुत्ता चप्पलहरूलाई कसरी लोकप्रिय बनाउने भन्ने सम्पुर्ण उद्योगीहरूको योजनाअनुरूप अब उप्रान्त सेल–मेला नलाग्नेबारे निर्णय भएको आयोजकले जानकारी गराएको छ ।

कार्यक्रममा बोल्दै फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन नेपालका अध्यक्ष श्रीकृष्ण फुयाँलले नयाँ कामको सुरूवात गर्नकै लागि यो मेलालाई बन्द गर्नुपरेको जानकारी गराएका छन ।

सामुहिक प्रतिबद्धताअनुरूप उक्त स्थानमा सञ्चालन हुँदै आएको मेलालाई बन्द गर्न आफुहरू तयार भएको उनको भनाई थियो । अहिले सञ्चालनमा रहेको उक्त मेलालाई आफ्ना तीनवटै संगठनको योजनाअनुसार आउने चूनौतीहरूको सामना गर्ने सहमतिअनुरूप यो कार्य गरिएको उनले बताए ।

व्यापारी तथा उपभोक्ताहरूको मागलाई सम्बोधन गर्दे आफुहरूले देशैभरि आफ्ना उत्पादनहरूको उपलब्धता गराउने सोचका साथमा यो निर्णय गरिएको उनले स्पष्ट पारे । 

देशमा धेरै उद्योग तथा कलकारखानाहरू आवश्यक रहेको बताउँदै उनले उद्योगको विकासलेमात्र समृद्धि हाँसिल गर्न सकिने धारणा राखेका थिए ।



आफ्ना उत्पादनहरू व्यापारीहरूले बिक्रि गर्न उपभोक्तासम्म बस्तुलाई पुर्याउने हो भने आफुहरूको व्यापारले थप उचाई लिने उनले आशा ब्यक्त गरे । ब्यापारीहरूले स्वदेशी ब्रान्डलाई बिक्रि बितरणमा जोड दिन आवश्यक रहेकोपनि उनको भनाई छ ।

त्यस्तै, कार्यक्रममा बोल्दै फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन नेपालका नि–र्वतमान अध्यक्ष रविन कुमार श्रेष्ठले व्यवस्थित् तरिकाबाट जुत्ता–चप्पलको व्यापार आवश्यक रहेको धारणा राखेका छन् ।



व्यवसायीहरूले दिर्घकालिन रूपमा आफ्नो व्यवसाय बढाउनपनि स्वदेशी उत्पादनलाई माया गर्न आवश्यक रहेको जानकारी गराए ।

त्यस्तै कार्यक्रममा बोल्दै उद्योगी प्रमोद महतोले कुनैबेला भृकुटीमण्डपमा मेलाको आवश्यकता रहेपनि अब योभन्दा फरक किसिमले आफ्ना उत्पादनहरूलाई उपभोक्तासम्म पुर्याउन आवश्यक रहेको बताए ।

अहिले चीनबाट आयातित हुने थुप्रै जुत्ता–चप्पलहरू जसले मानव स्वास्थ्यमा प्रतिकुल असरसमेत पार्ने खालका रहेको भन्दै उनले त्यस्ता वस्तुहरूले नेपाली बजारलाई पनि असर पारिरहेको सुनाए ।

सस्तो लोकप्रियताले नेपाली जुत्ता उत्पादनलाई दबाउन खोजिरहेको आरोप लगाउदै उनले अबदेखि ‘सेल–मेला’ नभएर वार्षिक रूपमा प्रर्दशनी गर्न आवश्यक रहेको जनाए ।

त्यस्तै,कार्यक्रममा बोल्दै फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन नेपालका पुर्व अध्यक्ष होमनाथ उपाध्यायले २०५९ सालमा आफूहरूको पहलमा उक्त मेलाको आयोजना सुरू गरेपनि अब समय सन्र्दभको हिसाबले बन्द गर्नुपर्ने अवस्था आएको जिकिर गरे । 

अहिलेसम्म आफ्ना उत्पादनलाई उपयुक्त बजारीकरणको मेसोको रूपमा हेर्ने गरिएतापनि अहिले नेपाली जुक्ता–चप्पलको बजार खस्किँदै गएको भन्दै हरेक पसलमा आफ्ना उत्पादनहरूलाई उपभोक्ताहरूले पाउने उनको दाबी छ ।

कार्यक्रममा बोल्दै शिखर शुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाईले नेपाली जुत्ता नचिन्ने समयदेखि नै आफुहरूले ग्राहकको मन जित्न सफल भएको दाबी गरेका छन ।

अहिलेसम्म भृकुटीमण्डपमा सञ्चालन हुँदै आएको मेलालाई स्थगित् गरेर अब हरेक पसलसम्म आफ्ना उत्पादनहरूलाई पुर्याउने आफुहरूको जिम्मेवारी रहेको उनको भनाई थियो ।

जारी गरिएको निर्णय आफुहरूको लागि ‘टर्निङ–प्वाइन्ट’ भएको बताउँदै उनले नेपाली उत्पादनलाई सबैले मन पराउने र देशकै गौरवको रूपमा विकास गरिनेपनि उनको भनाई थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय ब्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले आजको कार्यक्रमबाट स्वदेशी उत्पादनसंग सम्बन्धित व्यवसायीहरूको लागि उपयुक्त दिन भएको धारणा राखे ।

कच्चा पदार्थ तथा दक्ष जनशक्तिको अभाव चलिरहँदा पनि यो क्षेत्रलाई आत्मनिर्भर बनाउने आफुहरूको प्रयास सधै जारी रहने उनले विश्वास दिलाए । 

साना उद्योगी व्यवसायीहरको सरकारसम्मको पहुँच नभएको कारणपनि अव सरकारले आफुहरूसंग समन्वयको वातावरण सृजना गरिदिए राज्य निर्माणमा आफुहरूको पनि सहभागिता हुन सक्नेबारे बताएका थिए ।

फुटवेयरको विकास तथा प्रर्वद्धनमा सबै संगठनहरू एक भएर अगाडि बढे उत्पादन तथा बजारीकरणमा उल्लेखनीय उपलब्धि हाँसिल हुने उनको दाबी छ ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल जुत्ता–चप्पल व्यवसायी संघका अध्यक्ष आनन्द पौडेलले देशमा अबैध रूपमा संचालनमा रहेको उद्योगहरूलाई समाधानको मार्गमा ल्याउन जरूरी रहेको बताए । आफ्ना तीनवटै संगठनहरूपनि एक हुन आवश्यक रहेको बताए । 

समस्याको समाधान गर्नकानिमित्त यस क्षेत्रका कृयाशिल सवै संगठनहरूबीच कार्यगत एकताका माध्यमवाट समस्या हल गर्दै जाने पनि उनले प्रतिवद्धता ब्यक्त गरेका छन ।

अहिलेसम्म चल्दै आएको ‘सेल–मेला’ अबदेखि वार्षिक रूपमा बृहत्त प्रदर्शनीको रूपमा संचालन हुनेपनि उनको दाबी रहेको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल जुत्ता उत्पादक संघका अध्यक्ष बासु रोकाले समाज कल्याण परिषद्ले उपलब्ध गराउदै आएको स्थानमा आफुहरूले मेलाको आयोजना नगर्नेबारे प्रष्ट पारेका छन् । 

व्यापारी वर्गहरूलेपनि स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर र व्यापारीक अनुशासनलाई पनि कायम गर्दै विक्री वितरण गर्ने र आयातलाई निरूत्साहित गर्ने, आम नेपालीको खुट्टामा नेपाली (स्वदेसि) जुत्ता पु¥याउने आफुहरूको अभियान रहेको उनले जानकारी गराए ।

  • प्रकाशित मिति : बैशाख २३, २०७६ साेमबार १०:३०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया