प्रधानमन्त्रीलाई गगनको व्यंग्य : नारा फेरेर ‘समृद्ध दमक, सुखी केपी ओली’ राख्नुस्

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारलाई मूल नारा परिर्वतन गर्न सुझाब दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद थापाले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा परिर्वतन गरेर ‘समृद्ध दमक, सुखी केपी ओली’ राख्न सुझाब दिए । 

केही दिनअघि प्रधानमन्त्रीले लेटरप्याड प्रयोग गरेर आफ्नो निर्वाचन क्षेत्रका लागि थुप्रै योजनाको फेहरिस्त पठाएका थिए । सोही सन्दर्भलाई लिएर गगनले यस्तो टिप्पणी गरेका हुन् । उनले सरकारको नीति तथा कार्यक्रम अलमलिएको निबन्धजस्तो भएको टिप्पणी गरे । 

अघिल्लोपटक अत्यन्त महत्वाकांक्षी बजेट प्रस्तुत गरेको सरकारले अहिले महत्वाकांक्षाविहीन, अभिलाशा शून्य सपनारहित नीति तथा कार्यक्रम ल्याएको भन्दै उनले सरकारले सपना देख्ने क्षमता पनि नराखेको आरोप लगाए ।

नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको सरकारको उपलब्धिलाई उजले सरकारको आत्मप्रशंसा मात्रै भएको टिप्पणी गरे । आत्मप्रशंसाका ४० बुँदा यथार्थ र तथ्यपरक भन्दा कपटपूर्ण, झुटा र भ्रामक भएको गगनको दाबी थियो । 

सरकारले मेरो सरकार भन्न लगाएर राष्ट्रपतिलाई विवादमा ल्याउने काम गरेको भन्दै उनले गम्भीर आपत्ति जनाए ।





  • प्रकाशित मिति : बैशाख २३, २०७६ साेमबार १५:३४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया