समाजवादी पार्टीमा को-को भए पदाधिकारी ?

काठमाडौं– संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टी मिलेर बनेको समाजवादी पार्टी नेपालको केन्द्रीय पदाधिकारी घोषणा गरिएको छ । पार्टीको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव र संघीय परिषदका अध्यक्षमा डा. बाबुराम भट्टराई छन् । 

त्यसैगरी, अशोक राईलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ भने पार्टीको सहअध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठलाई राखिएको छ ।  

नवगठित पार्टीमा ८ जना उपाध्यक्ष राखिएको छ । उपाध्यक्षमा नवराज सुवेदी, पर्शुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई छन् । 

त्यस्तै महासचिव ३ जना राखिएको छ । गंगानारायण श्रेष्ठ, रणध्वज कङदङ्वा र रामसहायप्रसाद यादवलाई महासचिवका् जिम्मेवारी दिइएको छ । उपमहाचिवमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा र प्रकाश अधिकारी गरी ३ जना छन् । 

सचिवमा संघीय सरकारका वर्तमान सहरी विकासमन्त्री मोहम्दम इस्तियाक राई, दुर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह गरी ४ जना छन् । प्रदेश नम्बर २ का अर्थमन्त्री विजय यादवले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् । 





  • प्रकाशित मिति : बैशाख २३, २०७६ साेमबार १६:२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया