शिक्षक सरुवा गर्न परिपत्र, तीन अवस्थामा सरुवा गर्न मिल्ने

भक्तपुर – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव विकास स्रोत केन्द्रले शिक्षक सरुवाको बाटो खोलिदिएको छ । गत चैत ११ गतेदेखि रोकिएको शिक्षकको सरुवा तीन अवस्थामा गर्न सक्ने गरी केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ ।

आन्तरिक तर्फको पदस्थापनाको कार्य सम्पन्न भएपछि पनि दरबन्दी रिक्त रहन आएमा, खुल्ला प्रतियोगितात्मक विज्ञापनमा समावेश नभएका पद किटान तथा खुलातर्फको पदस्थापनमा असर नपर्ने गरी र दरबन्दी मिलानको काममा विद्यार्थी संख्याको कारणले उक्त दरबन्दी कटौती नहुने अवस्थामा मात्र जिल्ला र जिल्लान्तर सरुवा गर्न सकिने उक्त परिपत्रमा उल्लेख छ ।

यसरी सरुवा गर्दा समान तहको रिक्त पद तथा विषयको दरबन्दीमा कार्यरत स्थायी शिक्षकलाई पालिकाहरुको समन्वयमा सरुवा गर्न केन्द्रले एकाइलाई परिपत्र गरेको छ । आन्तरिक पदस्थापना र शिक्षकको अवकासको कारण शिक्षक व्यवस्थापनमा कठिनाइ भएको भन्दै केन्द्रले इकाइलाई परिपत्र गरेर सरुवाको बाटो खोलिदिएको हो ।
 





  • प्रकाशित मिति : बैशाख २३, २०७६ साेमबार १८:१९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया