logo-img

‘टाइगर’ बन्यो सर्वोत्कृष्ट प्रहरी कुकुर [तस्बिर / भिडियो]

तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज (बिहीबार) इमानदारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।

कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक जनविश्वास छ । नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा लागूऔषध, अपराधीको खोजी र विपद् व्यवस्थापन सम्बन्धी काम गर्ने कुकुरहरू छन् ।

कुकुरलाई टीका र मालालगाई दिएपछि मीठा परिकार दिएर पूजा गरी कुकुर तिहार मनाइएको थियो । कार्यक्रममा कुकुरबाट विभिन्नकला प्रस्तुत गरेको थियो । प्रहरीले प्रत्येक वर्ष यसरी नै कुकुर तिहार मनाउँदै आएको छ । कला प्रदर्शन तथा प्रतियोगितामा सहभागीलाई पहिलो, दोस्रो स्थान हासिल गर्ने कुकुरलाई पदक फूलमाला लगाई सम्मान गरिएको छ ।

विगत ५५ वर्षदेखि औपचारिक रुपमा कुकुरलाई तालिम दिएर अनुसन्धान कार्यमा खटाउँदै आएको प्रहरीले कुकुर तिहारको दिन विभिन्न कला प्रस्तुत गर्दै आएको छ । सोही अवसरमा के–नाइन कार्यालय महाजगञ्जमा बिहीबार प्रहरीका तालिम प्राप्त कुकुरहरुले विभिन्न कला प्रस्तुत गरे ।

के–नाइन कार्यालय प्रमुख तथा डीआईजी डा। देउती गुरुङको उपस्थितीमा प्रहरीले कुकुर तिहार मनाएको हो । यो वर्षको सर्वोत्तकृष्ट कुकुरको अवार्ड भने ‘टाइगर’ नामको केनाइनले पाएको छ । ‘टाइगर’ नाम गरेको कुकुरको सहयोगले केनाइनले सिन्धुपाल्चोककी रत्नकुमारी थापा र नुवाकोटकी नेत्रकुमारी क्षेत्रीको हत्यामा सफल अनुसन्धान गरेको थियो ।

केनाइनले कामको आधारमा  ‘टाइगर’लाई यसवर्षको सर्वोत्कृष्ट कुकुरका रुपमा चयन गरेको छ । कुकुर तिहारको अवसरमा डीआईजी डा।देउती गुरुङले टाइगरलाई मेडल समेत प्रदान गरेकी थिइन् । ‘टाइगर’ पछिल्लो डेढ वर्षदेखि अनुसन्धानमा खटिँदै आएको छ ।





 

 

  • प्रकाशित मिति : कात्तिक १५, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया