logo-img

स्थानीय तह उपनिर्वाचन : एमालेले गर्‍यो तीन उम्मेदवारको नाम सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी महिना हुने स्थानीय तह उपनिर्वाचनका लागि एक नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । 

एमालेको नगर समितिले केही दिनअघि कीर्तिपुर नगरप्रमुखमा डा. सुरेन्द्र मानन्धर, वडा नं १ मा र वडा नं ४ मा बद्री बुढाथोकीलाई सर्वसम्मत सिफारिस गरेको थियो । 

आज यहाँ भएको घोषणा सभामा नगरप्रमुखका उम्मेदवार मानन्धरले कीर्तिपुरका जनताको चाहनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने बताए । 

त्यस अवसरमा एमाले स्थायी समिति सदस्य राजन भट्टराई तथा बागमती प्रदेश प्रमुख आनन्द पोखरेलले जनताका माझ गएर उनीहरूका काम गर्न जनप्रतिनिधि दत्तचित्त हुनुपर्नेमा जोड दिए । 







  • प्रकाशित मिति : कात्तिक २२, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया