गोरखापत्र संस्थान बाख्राको खोरजस्तो : सञ्चारमन्त्री

काठमाडौं– गोरखापत्र संस्थानको काम कारबाहीप्रति सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले असन्तुष्टि व्यक्त गरेका छन् । गोरखापत्र प्रकाशनको १ सय १९औँ वर्ष प्रवेश तथा चौथो राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले संस्थानको काममा तत्काल सुधार नभए कर्मचारीको विकल्प खोज्ने चेतावनी दिएका छन् । 

संस्थानमा कार्यरत कर्मचारीलाई उत्साहका साथ काम गर्न निर्देशन दिँदै उनले त्यसमा सुधार नभए पेन्सन रोक्का गर्नुपर्ने अवस्था आउनेतर्फ पनि सचेत गराए । पेन्सन खाने, तर संस्थानको काममा सुधार नहुने कुरालाई अन्त्य गरेर अघि बढ्ने मन्त्री बास्कोटाले चेतावनी दिए ।

मन्त्री बास्कोटाले गोरखापत्र संस्थानको घरलाई ‘बाख्राको खोर’को संज्ञा दिँदै त्यसलाई भत्काएर नयाँ भवन निर्माण गर्ने पनि बताए । ‘गोरखापत्र संस्थापनको बाख्राको खोरजस्तो कार्यालय भत्काएर अर्को बनाउनेदेखि लिएर सबै कुरा प्लानिङका साथ अघि बढ्ने’ मन्त्री बास्कोटाको भनाइ छ ।

गोरखापत्र संस्थान चुनौतीको घेरामा रहेको उल्लेख गर्दै मन्त्री बास्कोटाले त्यसलाई मुनाफामा परिणत नगरेसम्म सरकारले त्यहाँका कर्मचारीलाई थप सुविधा दिन नसक्ने पनि स्पष्ट पारे । मन्त्री बास्कोटाले गोरखापत्रलाई पढौँ–पढौँ लाग्ने बनाउन इमानदार भएर काम गर्न पनि कर्मचारीलाई सचेत गराए । 





  • प्रकाशित मिति : बैशाख २४, २०७६ मंगलबार १३:३१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया