उपेन्द्रले पार्टीका जेष्ठ सदस्यबाट र बाबुरामले उपेन्द्रबाट लिए शपथ

काठमाडौँ–  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समाजवादी पार्टी, नेपालको सदस्यका रूपमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवबाट शपथग्रहण लिएका छन् । उपेन्द्र यादवलाई भने पार्टी केन्द्रीय समितिका ८० वर्षका वयोबृद्ध नेता प्रेमकृष्ण पाठकले पहिला शपथग्रहण गराए । 

मंगलबार बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा आयोजित पार्टीको केन्द्रीय समितिको पहिलो पूर्ण बैठकमा पार्टी केन्द्रीय समितिका अध्यक्ष यादवले केन्द्रीय परिषद्का अध्यक्ष डा.भट्टराईसहित केन्द्रीय समितिका ४ सय ३० सदस्यलाई शपथग्रहण गराएका हुन् ।

यादवले कार्यकारी अध्यक्षका हैसियतमा डा.भट्टराईसहित अर्का वरिष्ठ नेता अशोक राई लगायत सबै केन्द्रीय नेतालाई शपथ गराए । 

डा.भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपाल र उपेन्द्र नेतृत्वको संघीय समाजवादी फोरमबीच सोमबार  एकीकरण भई समाजवादी पार्टी, नेपाल बनेको हो । 





  • प्रकाशित मिति : बैशाख २४, २०७६ मंगलबार १७:१०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया