हब इन्टरनेशनल एजुकेसनले ‘आइरिस एजुकेसन फेयर–२०२४’ भव्यरूपमा सम्पन्न गरेको छ । काठमाडौंको हात्तीसारस्थित हबको केन्द्रीय कार्यालयमा आयोजना गरिएको उक्त शैक्षिक मेलामा विद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो ।
अध्ययनका लागि आयरल्यान्ड जान चाहने विद्यार्थी र उनीहरूका अभिभावकले शैक्षिक मेलामा सहभागिता जनाएका हुन् ।
शैक्षिक मेलामा सहभागी भएर आयरल्यान्डको शैक्षिक प्रणाली, पाठ्यक्रम, भर्ना प्रक्रिया, अध्ययनपछिका अवसर तथा चुनौतीका बारेमा बुझ्न पाएको कार्यक्रममा सहभागी विद्यार्थीले जनाएका छन् ।
शैक्षिक मेलामा विद्यार्थी र अभिभावकको उत्साहजनक सहभागिता रहेको हबकी सिइओ सरिता खड्काले जानकारी दिइन् । आयरल्यान्ड राम्रो शैक्षिक गन्तव्य बन्न सक्ने देश हुँदा पनि ओझेलमा परेका कारण त्यसलाई नेपाली विद्यार्थीसमक्ष उजागर गर्न नेपालमै पहिलोपटक आइरिस एजुकेसन फेयरको आयोजना हबले गरेको खड्काले बताइन् ।
उनका अनुसार ट्रिनिटी कलेज डब्लिन, युनिभर्सिटी कलेज डब्लिन, युनिभर्सिटी कलेज कर्क, युनिभर्सिटी अफ गल्वे, नेशनल कलेज अफ आयरल्यान्ड, टेक्नोलोजिकल युनिभर्सिटी अफ श्यानन, डब्लिन बिजनेस स्कुल, ग्रिफिथ कलेज जस्ता विश्वप्रसिद्ध शैक्षिक संस्थाका प्रतिनिधि शैक्षिक मेलामा सहभागी थिए । उनीहरूसँग शैक्षिक मेलामा सहभागी विद्यार्थीले प्रत्यक्ष कुराकानी तथा आयरल्यान्डको शैक्षिक प्रणालीबारे छलफल गरेका थिए ।
हबले नेपाली विद्यार्थीलाई सन् २००६ देखि नै अध्ययनको व्यवस्था मिलाउँदै आएको छ । हबले स्थापनाकालदेखि हालसम्म १ हजारभन्दा बढी नेपाली विद्यार्थीलाई अध्ययनका लागि आयरल्यान्ड पठाइसकेको छ ।
बिहान ११ बजेदेखि सुरु भएको शैक्षिक मेला अपरान्ह ४ बजे सम्पन्न भएको थियो । शैक्षिक मेलामा २ सय जनाभन्दा बढी विद्यार्थी तथा अभिभावकले सहभागिता जनाएको सिइओ खड्काले बताइन् ।
एजुकेसन इन आयरल्यान्डको समर्थनमा आयोजना गरिएको यो शैक्षिक मेलामा हबको आएल्स पार्टनरको रूपमा ब्रिटिस काउन्सिल रहेको थियो । स्थापनाकालदेखि नै नेपाली विद्यार्थीलाई आयरल्यान्ड पठाउँदै आएको हबले १८ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा काम गरिरहेको छ ।
हबले विशेषगरी अष्ट्रेलिया, न्यूजिल्याण्ड, आयरल्याण्ड, युके, अमेरिका, क्यानडा, भारतलगायत विश्वका विभिन्न देशमा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीलाई परामर्श दिँदै आएको छ ।
यो संस्थाका शाखा देशभित्र मात्र नभएर विदेशमा समेत रहेका छन् । नेपालमा काठमाडौं, कुमारी पाटी (ललितपुर), पोखरा, चितवन बुटवल, भैरहवा र झापामा हबका शाखा रहेका छन् ।
‘आइरिस एजुकेसन फेयर’ मा सहभागी विद्यार्थी :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।