६ फागुन, २०८२ बुधबार
Feb. 18, 2026

काठमाडौंमा पनि मनाइयो गुरु नानक जयन्ती, शिख समुदायका समस्या सम्बोधन गर्न माग

प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको ५५५औँ जन्मजयन्ती शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

काठमाडौं कुपन्डोलमा रहेको गुरुद्वार गुरुनानक सत्सङ्ग समितिले विशेष समारोहका आयोजना गरेको हो । गुरु नानकको जन्म वि.सं १५२६ कात्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । 



उनले शिख धर्मग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गरेका हुन् ।  जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत गर्ने गुरु नानक हुन् । शिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरे ।

आपसी प्रेम तथा भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले बिना भेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लङ्गर परम्परा’को थालनी पनि उनले नै गरेका हुन् ।



निर्गुण उपासनाका पक्षपाती गुरुनानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान छन्, यही नै सत्य हो’ भन्नेमा उनी विश्वास गर्थे ।

कार्यक्रममा शिख समुदायका अगुवाहरूले नेपालमा गुरु नानकको रूपमा रहेका मठको जग्गा अतिक्रमण भएको, ऐतिहासिक स्थलहरूको संरक्षण नभएको, अल्पसंख्यक शिख समुदायका नागरिकता लगायत अन्य व्यवहारिक समस्याहरूको राज्यबाट सम्बोधन नभएको गुनासो गरे । 



  • प्रकाशित मिति : ३० कात्तिक, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया