काठमाडौं– नवगठित समाजवादी पार्टी नेपालले सातै प्रदेशमा जागरण अभियान थाल्ने भएको छ । मंगलबार राजधानीमा बसेको पार्टी केन्द्रीय समितिको पूर्ण बैठकमा सातै प्रदेशमा जागरण अभियान थाल्ने जानकारी गराएको हो ।
बैठकले प्रक्रिया पुरा गरेर निर्वाचन आयोगमा दल दर्ता गर्ने र सबै प्रदेशमा जागरण सन्देश अभियान संञ्चालन गर्ने निर्णय गरेको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
नयाँ शक्ति पार्टी र संघीय समाजवादी पार्टी मिलेर समाजवादी पाटी नेपाल बनेको हो । एकीकरणपछि संघीय परिषदका अध्यक्षमा डाक्टर बाबुराम भट्टराई रहेका छन् भने पार्टी अध्यक्ष उपेन्द्र यादव छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।