महानिरीक्षक खनालले भने– पहिलेजस्तो पहुँचका आधारमा बलात्कारका घटनामा मिलापत्र हुँदैन

काठमाडाैं– नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले पहिलेको जस्तो पहुँचका आधारमा बलात्कार, अत्याचारका विषयमा प्रहरीले मिलापत्र गराउँछ भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् ।

उनले प्रहरी संगठनभित्र कारबाही मात्र नभई पुरस्कृत पनि गर्ने प्रचलनको सुरुवात भएको बताउँदै आफूले राम्रालाई सम्मान पनि गर्ने संस्कारको विकास गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासत कक्षको उद्घाटनका लागि काभ्रे पुगेका खनालले भने, ‘काभ्रेमा गुन्डाहरु छन्, उनीहरुले सम्मान थाप्न प्रहरीकोमा पनि आउँछन् भन्ने सुनिन्थ्यो, यदि त्यस्तो हो भने, त्यो रहनुहुँदैन ।’

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला समन्वय प्रमुख उद्धव केसी, डिआइजी दीपककुमार थापा, धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुलगायत उपस्थित थिए । हिरासतमा लिएको व्यक्तिलाई प्रहरीले थप सुधार गर्न पहल गर्नुपर्ने उनीहरूको सुझाव थियो । 
 





  • प्रकाशित मिति : बैशाख २५, २०७६ बुधबार १५:२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया