एशियाका सबैभन्दा मोटी महिलाको सर्जरी, घटाइयो २१४ किलो

एजेन्सी– एशियाकी सबैभन्दा मोटी महिला अमिता राजानीको सर्जरी गरिएको छ । ३ सय किलोकी अमिता अब ८६ किलो भएकी छिन् । चार वर्षमा दुई पटक सर्जरी गरेर उनको यो तौल घटाइएको हो । 

अमिताको सर्जरी २० जना चिकित्सकको टोलीले गरेको हो । सन् २०१५ मा उनको पहिलो मेटाबोलिक सर्जरी गरिएको थियो । सन् २०१७ मा उनको दोस्रो ग्यास्ट्रिक बाइपास सर्जरी गरिएको थियो । अमिताको पहिलो सर्जरीमा १४० किलो तौल घटाइएको थियो । 

२१४ किलो तौल घटाएपछि अमिता राजानीले आफ्नो जीवनमा निकै उल्लास आएको बताएकी छिन् । त्यसघि विस्तारामा सिमित आफू अहिले एक्लै घुमफिर समेत गर्न सक्ने उनले बताएकी छिन् । ३ सय किलोकी हुँदा अमिताले खाना पनि आफैं खान सक्दिनथिन् ।





  • प्रकाशित मिति : बैशाख २६, २०७६ बिहीबार १०:३०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया