एजेन्सी– भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीले सर्वोच्च अदालतको अपहेलना गरेको मुद्दामा माफी मागेका छन् । उनले सर्वोच्चलाई चिठी लेख्दै माफी मागेका हुन् ।
सर्वोच्चलाई तीन पाना लामो चिठी लेखेका राहुलले अब यो मुद्दा बन्द हुनु पर्ने माग राखेको भारतीय सन्चारमाध्यमले उल्लेख गरेका छन् । राहुलले केही पहिले भारतीय जनता पार्टीविरुद्ध प्रचार गर्ने क्रममा सर्वोच्च अदालतले पनि चौकीदार चोर भएको कुरा स्वीकार गरेको बताएको थिए । भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा आफूहरु चौकीदार भएको कुरालाई प्राथमिकतामा राख्दै प्रचार गरेको थियो ।
राहुलविरुद्ध लागेको अपहेलनाको मुद्दाको सुनुवाइ १० मेमा हुँदैछ । राहुलले आवेगमा आएर र भुलवस त्यस्तो प्रतिक्रिया दिएको स्वीकार गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।