फोरमसँग एकता गर्नु बाध्यता : डा. बाबुराम भट्टराई

काठमाडौं–  पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालीन संघीय समाजवादी फोरमसँग एकता गर्नु बाध्यता भएको बताएका छन् । बिहीबार पार्टी एकताप्रति असन्तुष्ट केही नेताले  बुझाएको ज्ञापनपत्र बुझ्दै भट्टराईले भने, ‘वैकल्पिक राजनीतिक शक्तिलाई अझै सशक्त बनाउन पार्टी एकीकरण गरिएको हो ।’  

फोरमसँगको पार्टी विलयले वैकल्पिक राजनीतिक धार अन्योलमा परेको भन्दै केही नेताले असन्तुष्टि व्यक्त गर्दै भट्टराईलाई ज्ञापनपत्र बुझाएका हुन् । असन्तुष्ट नेतासँगको भेटमा भझ्राईले वैकल्पिक राजनीतिको धार झन् बलियो र सशक्त भएको बताए । उनले भने, ‘एक्लै हिँडेर कहीँ नपुगिने भएकाले एकता गर्न बाध्य भएका हौँ ।’ 

असन्तुष्ट पक्षले पार्टीको नेतृत्व, नाम र झन्डालगायत विषयमा असन्तुष्टि राखेका छन् । उनीहरुले केन्द्रीय समितिमा छलफल नै नगरी हतारमा फोरमसँग एकता गरेको आरोप लगाएका छन्। असन्तुष्टि राख्नेमा पूर्वमन्त्री कल्पना धमला, भट्टराई प्रधानमन्त्री रहेको समयमा उनको प्रेस सल्लाहकार रहेका रामरिझन यादव तथा पूर्वसांसद ज्ञानेन्द्र कुमाललगायत नेता छन् ।

असन्तुष्ट केही नेताले  बुझाएको ज्ञापनपत्र :

 





  • प्रकाशित मिति : बैशाख २६, २०७६ बिहीबार १५:४१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया