अमेरिकाका लागि नेपाली राजदूत कार्कीको कार्यकाल थप

काठमाडौं– सरकारले अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीको कार्याकाल थप गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अमेरिकामा अर्को व्यक्ति राजदूत नियुक्त नहुँदासम्मका लागि कार्कीको कार्यकाल थप गरिएको बताए । 

सरकारले कार्कीलाई २०७१ साल माघ ३ गते अमेरिकाका लागि राजदूत सिफारिश गरेको थियो । 

त्यसैगरी मन्त्री बास्कोटाले सरकारले तत्काल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त नगर्ने पनि बताए । पर्यटन मन्त्रालय प्रधानमन्त्रीले हेर्दै आएको र राज्यमन्त्री पनि रहेकोले मन्त्री अहिले नियुक्त गर्नु पर्ने अवस्था नरहेको मन्त्री बास्कोटाको भनाई छ ।  

बास्कोटाले भने,‘पर्यटन मन्त्रालय प्रधानमन्त्रीले सम्हानुभएको छ। भिजिट नेपाल २०२० लाई कुनै फरक पर्दैन। राज्यमन्त्री पनि हुनुहुन्छ।’   

 





  • प्रकाशित मिति : बैशाख २६, २०७६ बिहीबार १६:३०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया