कर्णाली याक्सले नेपाल प्रिमियर लिग एनपिएलमा काठमाडौं गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको हो ।
कर्णाली याक्सले २० ओभरको खेलमा ५ विकेट गुमाएर १ सय ५० रनको लक्ष्य दिएको हो । टस जितेपछि गोर्खाजले बलिङ् राजेसँगै कर्णालीले पहिले ब्याटिङ् गरेको हो ।
शिखर धवनले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे । धवन एक्लैले ७२ रन जोडेर १५० रनको लक्ष्य कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई दिएको हो । कर्णालीका कप्तानीमा सोमपाल कामी छन् भने काठमाडौं गोर्खाजका कप्तानमा करण केसी छन् ।
कर्णाली र काठमाडौं दुवै यो दोस्रो खेल हो, यो भन्दा अगाडिको खेलमा दुवै टिमले जित हासिल गर्न सकेको थिएन् ।
कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित हुँदा काठमाडौं पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।