राष्ट्रपति रामचन्द्र पौडेलको आज प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ ।
उनको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति पौडेल आज बिहान भर्ना भएका थिए । हाल उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।