पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १ सय ९२ रनको लक्ष्य दिएको छ । जारी सिजनमा बनेको अहिलेसम्मको यो उच्च स्कोर हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनायो ।
उसका लागि कप्तान रोहितकुमार पौडेलले २९ बलमा चार चौका र दुई छक्कासहित सर्वाधिक ४६ रन बनाए । यस्तै, टम मोरिसले ३०, विवेककुमार यादवले अविजित १९, अर्जुन साउदले १७, सादबिन जाफर र आशुतोष घिरैयाले १५/१५ र सन्दीप जोराले १२ रन जोडे ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले एक/एक विकेट लिए । विराटनगरले चार विकेट रन आउटको रूपमा प्राप्त गर्यो । विराटनगर पहिलो जितको खोजीमा छ ।
ऊ पहिलो र दोस्रो खेलमा क्रमशः जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । लुम्बिनी भने पहिलो म्याच खेलिरहेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।