logo-img

देश आधुनिक विकासतर्फ अगाडि लम्किरहेको छ : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको  नयाँ संविधान लागू भएदेखि देशको संघीयता ढाँचामा परिवर्तन आएको बताएका छन् । बिहीबार आर्कबिल्ड एक्सपो २०२४ को विशेष समारोहमा बोल्दै मन्त्री सिंहले नेपाल अहिले आधुनिक विकासतर्फ अगाडि लम्किरहेको बताएका हुन् ।

उनले भने, ‘नेपालको नयाँ संविधान लागू भएदेखि देशको संघीयता ढाँचामा परिवर्तन आएको छ । साथै नेपाल अहिले आधुनिक विकासतर्फ अगाडि लम्किरहेको छ । सन् २०२६ सम्म अधिकतम विकसित राष्ट्रबाट विकशिल राष्ट्रको श्रेणीमा स्तर उन्नति हुने प्रयासमा हाम्रो देश नेपाल रहेको छ ।’

उनले विकास निर्माणको प्रयासमा खास गरी स्वदेशी विदेशी ठूलो लगानी प्रविधि र  विज्ञताको आवश्यकता रहेको बताए । उनले जलवायु परिवर्तनका साथै अन्य विपद्का घटनाहरूले विकासका प्रयासहरूलाई ओझेलमा पारेकाले सहर र समुदायहरूलाई दिगो भविष्य सुनिश्चित गर्ने गरी समाधानका उपायहरू खोजी गर्न आजको चुनौतीहरू रहेको बताए ।

उनले भने, ‘हालको  वर्षहरूमा जलवायु परिवर्तनका साथै अन्य विपद्का घटनाहरूमा बढोत्तरी भई विकासका प्रयासहरूलाई ओझेलमा पार्ने गरी विनाशकारी प्रभावहरू परेका छन् । यसका लागि हामीले हाम्रो सहर र समुदायहरूलाई दिगो भविष्य सुनिश्चित गर्ने गरी समाधानका उपायहरू खोजी गर्न आजको चुनौतीहरू रहेको छ ।’ 







  • प्रकाशित मिति : मंसिर २०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया