logo-img

सुदूरपश्चिमले काठमाडौंलाई दियो १६८ रनको लक्ष्य, आज पनि दीपेन्द्रको उत्कृष्ट ब्याटिङ

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आफ्नो दोस्रो खेलमा सुदूरपश्चिमले काठमाडौंलाई १ सय ६८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनायो ।

उसका लागि ब्रान्डन म्याकमुलेन र कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे । म्याकमुलेनले ३६ बलमा चार छक्का र तीन चौकासहित सर्वाधिक ५३ रन बनाए ।

यस्तै, ऐरीले २५ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ४३ रनको पारी खेले । उनले पहिलो खेलमा २४ बलमा अविजित ५७ रन बनाएका थिए । ऐरीले आफ्नो लय आज पनि कायम राखे ।



यस्तै, विनोद भण्डारीले ३५ र सैफ जेबले ११ रन जोडे । 



काठमाडौंका लागि राशिद खानले दुई, जेहार्ड इरास्मस, साहब आलम र कप्तान करण केसीले एक/एक विकेट लिए । जारी सिजनमा सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ ।

उसले पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले हराएको थियो । काठमाडौंले दुई म्याच खेल्दा एकमा जित र एक खेलमा जित निकालेको छ ।     



  • प्रकाशित मिति : मंसिर २०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया