इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन भएको छ ।
उनको आज दिउँसो काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा ९९ वर्षको उमेरमा निधन भएको हो । राणाको १५ चैत जन्म १९८२ मा चारबुर्जा दरबारमा भएको थियो ।
पाल्पा दरबारमा लेखपढ सिकेका उनले भारतको यूपी बोर्डबाट म्याट्रिक, बनारसको जयनारायण कलेजबाट इन्टर-मिडियट गरेका थिए। उनले बनारसको हिन्दू विश्वविद्यालयबाट उच्चशिक्षा हासिल गरेका थिए ।
राणाका ‘श्री ३ हरूको तथ्य वृत्तान्त’, ‘जङ्गबहादुर र समकालीन दर्पण,’ ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू’, ‘सम्झेका र सुनेका कुराहरू’, ‘भएका र गुज्रेका घटनाहरू’, ‘लुकेछिपेका प्रतिभाहरू’, ‘मेरा जीवनका स्मृतिहरू लगायतका पुस्तक प्रकाशित छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।