साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक घटेको छ । आज नेप्से १५.९३ अंक घटेर २७३४.९३ विन्दुमा कायम भएको छ ।
त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ५.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७१ अंक घटेको हो ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ९ अर्ब १३ करोडको सेयर खरिदबिक्री भएकोमा आज ३०७ स्टकको ८७ हजार ४७६ पटकको कारोबारमा ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाख ९७ हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।
आज कुल ४० कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ३ को स्थिर रहेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।