२ मंसिर, २०८२ मंगलबार
Nov. 18, 2025

एनपिएलमा सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमाडौंलाई ७३ रनले हरायो

युवा स्पिनर नरेन साउदको घातक बलिङमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्नेक्रममा सुदूरपश्चिमले बिहीबार काठमाडौं गुर्खाजलाई ७३ रनले हरायो । 


पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई ९० रनले हराएको थियो । काठमाडौंले भने तेस्रो खेलमा निकै खराब प्रदर्शन गर्‍यो । आफ्नो तेस्रो खेलमा सुदूरपश्चिमले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडौं १५.५ ओभरमा ९४ रनमै अलआउट भयो । 



उसका लागि स्टीफन एस्किनाजीले ३७, सुमित महर्जनले १४ तथा जेराड इरास्मस र भीम सार्कीले १०/१० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । 

काठमाडौंलाई सस्तैमा अलआउट गर्नेक्रममा मंगलबार मात्र यू–१९ एसिया कप खेलेका युवा स्पिनर नरेन साउदले सानदार बलिङ गरे । उनले ३.५  ओभरमा १९ रन दिएर सर्वाधिक ५ विकेट लिए ।



यस्तै, अविनाश बोहराले दुई तथा सैफ जैब र ब्रान्डन म्याकमुलेनले एक/एक विकेट हात पारे । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनायो ।

उसका लागि ब्रान्डन म्याकमुलेन र कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे । म्याकमुलेनले ३६ बलमा चार छक्का र तीन चौकासहित सर्वाधिक ५३ रन बनाए ।

यस्तै, ऐरीले २५ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ४३ रनको पारी खेले । उनले पहिलो खेलमा २४ बलमा अविजित ५७ रन बनाएका थिए । ऐरीले आफ्नो लय आज पनि कायम राखे ।



यस्तै, विनोद भण्डारीले ३५ र सैफ अलि जैबले ११ रन जोडे । काठमाडौंका लागि राशिद खानले दुई, जेहार्ड इरास्मस, साहब आलम र कप्तान करण केसीले एक/एक विकेट लिए । 

यो जितपछि सुदूरपश्चिम अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।  

  • प्रकाशित मिति : २० मंसिर, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया