प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा ऋणसम्बन्धी कुनै कुरा पनि नभएको बताएका छन् ।
बिहीबार चीन भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले बिआरआई परियोजना ऋण नभएको र बेइजिङमा त्यसबारे कुनै छलफल नभएको बताएका हुन् ।
उनले भने, ‘अहिले हामीले जे प्राप्त गरेका छौँ त्यो ऋण होइन भनेर भनेर धेरै पटक भनिएको छ । अब धेरै दोहोर्याउन नपरोस् । ऋण होइन, ऋणसम्बन्धी कुरा पनि चलेको छैन ।’
प्रधानमन्त्री ओलीले बिआरआईअन्तर्गतका हरेक परियोजनाबारे त्यसको कार्यान्वयन सम्बन्धमा पछि छुट्टै सम्झौता हुनेसमेत बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।