युरोपा लिग : उपाधि भिडन्तमा आर्सनल र चेल्सी

लन्डन– युरोपा लिगको उपाधिका लागि आर्सनल र चेल्सी भिड्ने भएका छन् ।

गएरातिको सेमिफाइनल दोस्रो लेगमा भ्यालेन्सियालाई ४–२ ले पराजित गर्दै आर्सनलले चेल्सीसँगको भेट पक्का गरेको हो । पहिलो लेग ३–१ ले जितेको आर्सनलले समग्रमा सेमिफाइनल ७–३ ले जित्यो । 

आर्सनलको जितमा पिएरे एमरिक औवामेयाङले ह्याट्रिक गरे ।

उता, चेल्सी भने जर्मन क्लब एनट्ट्राच फ्रायनफर्टलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै फाइनल पुगेको हो । पहिलो लेगमा १–१ को बराबरी खेलेका यी दुई क्लबले दोस्रो लेगमा पनि १–१ को बराबरी खेलेका थिए । त्यसपछि पेनाल्टी सुटआउटबाट नतिजा निकालिएको हो । 

चेल्सी र आर्सनलबीचको फाइनल खेल २९ मेमा अजरबैजानको बाकुस्थित ओलम्पिक स्टेडियममा हुनेछ । 





  • प्रकाशित मिति : बैशाख २७, २०७६ शुक्रबार ९:४८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया