भागबन्डाका आधारमा नेकपाको पोलिटब्युरो सदस्यमा सहमति

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ले पोलिटब्युरो सदस्यको टुंगो लगाएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीच भागवन्डामा कुरो मिलेपछि १४७ सदस्यीय पोलिटब्युरोको टुंगो लागेको हो ।  

पोलिटब्युरोमा तत्कालीन एमाले र माओवादीको कोटामा परेका सदस्यहरूको नाम टुंगो लागे पनि पार्टी सचिवालय  बैठक बसेर मात्रै सार्वजनिक गरिने छ । प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि सचिवालय बैठक बसेर औपचारिक रुपमा पोलिटब्युरो सदस्यहरूको नाम सूची पारित हुने नेकपा स्रोतले जानकारी दियो ।  

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको भ्रमणबाट फर्केपछि स्थायी कमिटी बैठकमार्फत पोलिटब्युरो गठन र जनवर्गीय संगठन एकीकरण टुंगो लगाउने बारेमा छलफल भइरहेको नेकपाका एक नेताले जानकारी दिए । 

सचिवालय बैठकमा केन्द्रीय कमिटीका सबै सदस्यहरूको कार्य विभाजन समेत हुने बताइएको छ । प्रधानमन्त्री ओली जेठ १ गते स्वदेश फर्किंदैछन् ।

पार्टी एकताले १ वर्ष पूरा गरेको अवसरमा एकता सम्बन्धी सबै काम सक्ने नेकपाको तयारी छ । 





  • प्रकाशित मिति : बैशाख २७, २०७६ शुक्रबार १५:४७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया