खानेपानीमन्त्रीको बचाउ गर्दै प्रचण्डले भने– हस्तक्षेप गरेरै भए पनि मेलम्चीको पानी ल्याउँछौँ

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खानेपानीमन्त्री विना मगरको बचाउ गरेका छन् । मेलम्चीको पानी काठमाडौं ल्याउन मन्त्री मगर असक्षम भएको भनेर सर्वत्र आलोचना भइरहँदा प्रचण्डले उनको बचाउ गरेका हुन् । मन्त्री मगर प्रचण्डकी आफ्नै बुहारी हुन् । 

प्रचण्डले भने , ‘प्रधानमन्त्री र मन्त्रीको तत्परतामा शंका छैन । तर, विगतका अनुभव हेर्दा स्ट्रङ कदम नचलाई मेलम्चीको पानी आउन गाह्रो छ ।’ काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको कार्यक्रममा शुक्रबार प्रचण्डले आफू र प्रधानमन्त्रीले हस्तक्षेप गरेर भए पनि मेलम्ची ल्याउने बताएका हुन् ।

केही मानिस र समूहले मेलम्चीको पानी अझै काठमाडौं आउन दिन्नौँ भनेको सुनाउँदै उनले भने, ‘म आफै पनि र प्रधानमन्त्री पनि नेतृत्वले हस्तक्षेप गरेर पनि मेलम्ची ल्याउनुपर्छ भन्नेमा दृढ छौँ ।’ 

मेलम्ची आउन नदिने खेलमा नेपाली लागेको खुलासा गर्दै उनले भने, ‘अझै एक–दुई वर्ष लाग्छ किन भन्छन्, मेलम्ची हाम्रै मान्छेले रोकेका हुन् ।’ मेलम्चीलाई लामो समयदेखि लागेको रोग भन्दै उनले यो छिटै सन्चो नहुने खालको रोग भएको बताए । 

उनले भने, ‘उपचारचाहिँ छ, तर अलि लामो समय लाग्ने खालको रोग छ ।’ आवश्यक परे अप्रेसन गरेरै भए पनि मेलम्ची ल्याउने उनको भनाइ थियो । 





  • प्रकाशित मिति : बैशाख २७, २०७६ शुक्रबार १६:५५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया