बच्चाका लागि हानिकारक छ प्याक्ड फ्रुट जुस

फलफूलको जुस स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । तर, ताजा जुसभन्दा प्याकिङ गरिएको जुस स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

बजारमा अत्यधिक विक्रि हुने ‘प्याक्ड  फ्रुट’ जुस बच्चाहरूलाई बिरामी बनाउन सक्छ । किनभने प्याकिङ गरिएका जुसमा न फाइबर पाइन्छ न कुनै प्राकृतिक गुण हुन्छ न त कुनै पोषक तत्व नै । यस्तो खालको जुस बच्चाहरू स्वास्यका लागि एकदमै खतरनाक छ ।

प्याकिङ गरिएको  फ्रुट जुस बास्नायुक्त हुन्छ । यो बजारमा अत्यधिक विक्रि पनि हुन्छ । यस्तो जुसमा क्याडमियम, कार्बनिक, आर्सेनिक र मरकरी वा सिसा (लेड) पाइन्छ । यसले बच्चाहरूको स्वास्थ्यमा एकदमै नराम्रो असर गर्छ ।  

प्याक्ड जुसमा पाइने मेटलका कारण बच्चाहरुको स्नायुप्रणालीमा प्रभाव पार्छ । यसले बच्चाहरूको विकासोन्मुख मस्तिष्कमा हानी पुग्छ । यसरी प्याक गरिएका जुसको बट्टामा २५ प्रतिशत मात्र हुन्छ ।

प्याकिङ जुस बनाउनका लागि रिफाइन्ड चिनीको प्रयोग गरिन्छ । त्यसैले यो डाइविटिजका रोगीहरूका लागि पनि एकदमै हानिकारक हुन्छ । यस्तो जुसको नियमित सेवनले ब्लड प्रेसरको लेभल बढ्ने बढ्छ ।

यसका साथै प्याकेट बन्द गरिएको जुसमा  आर्टिफिसियल कलरको पनि प्रयोग हुन्छ । जुन हाम्रो शरीरका लागि एकदमै खतरनाक मानिन्छ ।



यसरी प्याकिङ गरिएको जुस पिउनाले पेटमा ग्यास भरिने, झाडापखाला, पेट दुख्ने आदि जस्ता समस्याहरू देखिन सक्छन् ।



  • प्रकाशित मिति : बैशाख २९, २०७६ आइतबार १३:१३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया