कुलेखानी तेस्राेकाे परीक्षण १५ दिनभित्र सकिने

काठमाडाैं– कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको संरचना तथा उपकरणको परीक्षण जेठ दोस्रो हप्ता पूरा हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको यो आयोजना १५ दिनभित्रमा सक्ने जानकारी दिएको छ।

विद्युत् उत्पादन सुरु हुनुभन्दा पहिला गरिने सम्पूर्ण परीक्षण १५ दिनभित्र सम्पन्न गर्ने निर्णय प्राधिकरणले गरेकाे छ । प्राधिकरणले ठेकेदार कम्पनीले बेहोरिरहेको नगद प्रवाहको समस्यालाई आइतबार नै समाधान गरिदिएको छ।

उक्त आयाेजना १४ मेगावाटको रहेकाे छ । 

प्राधिकरण र कम्पनीबीच हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणको आपूर्ति, जडान र संचालनका लागि ५० लाख अमेरिकी डलर र २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

प्रसारण लाइनको तीनमध्ये दुईवटा टावरको निर्माण सकिएको छ र कम्पनीले एउटा टावर बनाइरहेकाे छ त्यसपछि ५ सय मिटर तार तान्नु पर्ने काम एक सातामा सक्ने कम्पनीले जनाएकाे छ।

आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित बहाव र खानी खोलाको थप पानी प्रयोग गर्नेछ।



कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना कुलेखानी तेस्राे सरकार र विद्युत् प्राधिकरणको लगानीमा निर्माण गरिएकाे हाे। आयोजनाको सुरुको लागत २ अर्ब ३३ करोड रुपैयाँ भएपनि निर्माण अवधि बढेपछि यसकाे लागत ४ अर्ब ६३ करोड रुपैयाँ पुग्न सक्ने बताइएकाे छ । 



  • प्रकाशित मिति : बैशाख ३०, २०७६ साेमबार ८:१८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया