सहकारीकाे नाममा १७६ जनालाई ठगी गर्ने पक्राउ

सर्लाही– सहकारीकाे नाममा बचत तथा ऋणको कारोबार गर्ने भन्दै १७६ जनालाई ठगी गरेको आरोपमा चन्द्रनगर गाउँपालिका–४, बबरगन्ज निवासी ३८ वर्षीय नागेन्द्रप्रसाद सिंहलाई प्रहरीले पक्राउ गरेकाे छ । 

विकासोन्मुख इन्भेस्टमेन्ट प्रालिको नामबाट अवैध रुपमा कारोबार गर्दै आएका सिंहले लालबन्दीका विक्रमकुमार मोक्तान, निश्चल राई, रोहन तामाङ, करुण मिक्चन, प्रमिला ढकाललगायत १७६ जनालाई डेढ वर्ष अगाडिदेखि सदस्य बनाई ३० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

दुई महिनादेखि कार्यालय बन्द गरी फरार रहेका सिंहलाई विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीले पक्राउ गरेको हाे।

सर्लाही अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख ३०, २०७६ साेमबार १०:२७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया