वामपक्षीय आधारमा आउने बजेटले समग्र मुलुकको विकास गर्न सक्दैन : सांसद डा. रिजाल

काठमाडौं– नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले बजेट तर्जुमा गर्दा राजनीतिक पूर्वाग्रहबाट माथि उठेर सिद्धान्त र प्राथमिकता निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सरकारको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै उनले सरकार यसमा पूर्वाग्रही बनेको आरोप लगाएका छन् । 

रिजालले विगतमा जस्तै अहिले पनि राजनीति र दलीय भावनाले सिद्धान्त र प्राथमिकतालाई धकेल्ने काम भएको टिप्पणी गरे । वामपक्षीय आधारमा आउने बजेटले समग्ररुपमा मुलुकको विकास गर्न नसक्ने भन्दै उनले संशोधन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए । 

भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने सरकारका अगाडि दैनिक भ्रष्टाचारका घटना सार्वजनिक भइरहेको भन्दै उनले व्यंग्य गरे । भ्रष्टाचाररूपी 
फोहर बढेको र त्यसकारण झिँगा भन्केको उनको टिप्पणी थियो । 





  • प्रकाशित मिति : बैशाख ३०, २०७६ साेमबार १४:२७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया