केही वर्षभित्रैमा ल्हासाबाट काठमाडौंमा रेल आउने प्रचण्ड दाबी

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही वर्षभित्रैमा चीनको ल्हासाबाट काठमाडौंमा रेल आउने दाबी गरेका छन् । 

विभूति सीता जन्मजयन्तीको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चीनबाट नेपालमा रेल आउने कुरा अब सपनाको विषय नरहेको पनि स्पष्ट पारे । हामी जीवित रहँदारहँदै काठमाडौंमा रेल ल्याउने कामको सुरुवात भइसकेको बताए । 

काठमाडौं आएपछि रेललाई लुम्बिनीसम्म लैजाने योजना तय गरिएको उनले बताए । उनले चीनको ल्हासा हुँदै काठमाडौं र काठमाडौंबाट लुम्बिनीसम्म रेल सञ्चालन गर्न सके त्यो मुलुकको अर्थतन्त्र र पर्यटन विकासको क्षेत्रमा कोशेढुंगा सावित हुने पनि स्पष्ट पारे ।

लुम्बिनी–पशुपति–जनकपुरलाई जोडने एउटा सर्किटको आवश्यकता औँल्याउँदै उनले नेपाल र भारत दुवै मुलुकको शक्तिपीठ मिलाएर एउटै शक्तिपीठ सर्किट बनाउन सकिने बताए । यो काम अघि बसिकेको बताउँदै उनले यो सफल भए दुवै मुलुकको धार्मिक पर्यटनको क्षेत्रमा क्रान्ति आउने बताए ।

आफूले पछिल्लो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शक्तिपीठ सर्किट निर्माणको विषयमा जोड दिएको स्मरण गराए । राष्ट्रिय विभूतिद्वय भृकुटी र सीताको महत्वलाई उजागर गरेर पनि मुलुकलाई समृद्ध बनाउन सकिने उनले दाबी गरे । 





  • प्रकाशित मिति : बैशाख ३०, २०७६ साेमबार १५:५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया