योगमायामाथि नाटक, मिथिला शर्मा मुख्य कलाकार

काठमाडौं– १९२४ सालमा भोजपुरमा जन्मिएकी योगमाया माथि पछिल्लो समय नेपाली साहित्य तथा कला क्षेत्रमा लेखिने प्रचलन बढ्दो छ । उनको जीवनमाथि नै लेखिएको उपन्यास योगमायाले त मदन पुरस्कार पनि पायो । नीलम कार्की निहारिकाले लेखेको यो उपन्यासमाथि अब रंगमन्चमा मन्चन हुने भएको छ ।

रंगकर्मी टंक चौलागाईँको नाट्य परिमार्जन र निर्देशनमा यो कृति नाटकमा मन्चन हुने भएको हो । नाटकमा प्रकेश सिन्धुलीयको सहनिर्देशन र सुरज तमुको कोरियोग्राफी छ । नाटक स्कुल थिएटर नेपाल र साङ्ग्रिला फाउन्डेशनको प्रस्तुति नाटकको मुख्य भूमिकामा कलाकार मिथिला शर्मा देखिँदैछिन् । यसलाई उनले ठूलो चुनौतिका रुपमा लिएको नाटक गर्ने समूहले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

नटकमा शर्मासँगै राधा श्रेष्ठ, प्रभाकर न्यौपाने, प्रल्हाद खरेल, श्याम खड्का, प्रकेश सिन्धुलीय, राज न्यौपाने, सुरज तमु, दीपिका ढकाल, सुमन कुइँकेल, सरस्वती अधिकारी, सगुन पोखरेल, आकांक्षा जिसी, पुष्पराज अवस्थीलगायतका अनुभवी रंगकर्मीहरुसँगै सुवास तिमल्सिना, सुमित तामाङ, सुरेन्द्र क्षेत्री, विशाल देवकोटा, कृष्णगोपाल कक्षपति, प्रसन्न हुमागाईँ, संयोग दाहालका साथमा स्कुल थिएटर नेपालका लालाबाला कक्षाका बाल कलाकारहरु काव्य बराल, आकार थापा, क्विन्चम जोशी, अद्वैत थापा र शुभेच्छा तिमल्सिनासमेत छन् । 

नाटक ‘योगमाया’ २४ जेठदेखि मन्चन हुने बताइएको छ ।
 





  • प्रकाशित मिति : बैशाख ३०, २०७६ साेमबार १९:२५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया